PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

सरकार गठन र पार्टी एकता सँगसँगैः महासचिव पोखरेल



पहिलोपोस्ट

सरकार गठन र पार्टी एकता सँगसँगैः महासचिव पोखरेल

काठमाडौँ :  नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले नयाँ सरकार गठन र नेकपा माओवादी केन्द्रसँगको पार्टी एकता प्रक्रिया सँगसँगै अघि बढ्ने बताएका छन्।

रिपोर्टर्स क्लबको साक्षात्कारमा महासचिव पोखरेलले ताजा जनादेशका आधारमा प्राप्त दलीय हैसियतअनुसार सरकार गठन गर्न कुनै समस्या नरहेको पनि स्पष्ट पारे। 

वाम गठबन्धनले सहज बहुमत प्राप्त गरिसकेकाले अबको प्रधानमन्त्री र पार्टी अध्यक्ष केपी शर्मा ओली हुनु स्वभाविक भएपनि औपचारिक निर्णयपछि मात्र आफूले बोल्ने उनले बताए। उनले पार्टी एकताका लागि एकता संयोजन समितिले गृहकार्य गरिरहेको जानकारी दिए। 

महासचिव पोखरेलले राष्ट्रियसभामा बहुमतीय प्रणालीमा निर्वाचन हुनुपर्ने र ताजा जनादेश आइसकेकाले वर्तमान सरकार नलम्ब्याई तत्काल नयाँ सरकार गठन गर्नुपर्ने बताए। रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell