
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’बीच भेटवार्ता भएको छ।
भेटमा ओली र प्रचण्डबीच सरकार गठन, पार्टी एकतालगायतकाविषयमा कुराकानी भएको छ।
वर्तमान सरकारको नीति, उसको अधिकारको क्षेत्र र नयाँ सरकार गठन प्रक्रियालगायतका विषयमा छलफल भएकाे ओलीको प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।
नयाँ सरकार गठनकाबारेमा सरकारले अनावश्यक संवैधानिक र कानुनी बखेडा झिकेको भन्दै यसबारेमा नेताहरुले आपत्ति जनाएका थिए। त्यस्तै सरकारले पछिल्लो समय गरेका नियुक्तिकाबारेमासमेत छलफल भएको अधिकारीले जानकारी दिए। निर्वाचनपछि ओली र प्रचण्डबीच अाज पहिलोपटक भेट भएको हो।