PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

सरकारको नेतृत्वबारे छलफल नै भएको छैनः माधव नेपाल



राधेश्याम पटेल

वीरगंज :  नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले वम सरकारको नेतृत्व कसले गर्ने विषयमा टुंगो लागिनसकेको बताएका छन्।

प्रेस चौतारी र प्रेस सेन्टरले वीरगंजमा संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालले वाम गठबन्धनले बहुमतको सरकार बनाउने निश्चित भएपनि कसको नेतृत्वमा सरकार बन्ने विषयमा हालसम्म कुनै किसिमको छलफल नभएको बताए।

उनले चीन, भारत वा विदेशी शक्तिको ईसारामा वाम गठबन्धन नबनेको भन्दै नेपाली जनताको चाहना अनुसार गठबन्धन बनेको बताए।

देउवा सरकारले जाँदाजाँदै गरेका निर्णयप्रति आपत्ति जनाउँदै नेता नेपालले वर्तमान सरकारले गरेका सबै निर्णय वाम गठबन्धनलाई स्वीकार्य नभएको बताए।

उनले वामपन्थी सरकारले देशमा जरा गाडेको भ्रष्टाचारलाई कम गरी विधिको शासन स्थापित गर्ने बताए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell