PahiloPost

May 14, 2024 | १ जेठ २०८१

मधेश–थरुहट आन्दोलनको छानविन प्रतिवेदनः सुरक्षाकर्मीलाईसमेत कारबाहीको सिफारिश



बीपी साह

मधेश–थरुहट आन्दोलनको छानविन प्रतिवेदनः सुरक्षाकर्मीलाईसमेत कारबाहीको सिफारिश

काठमाडौं : तेस्रो मधेश–थरुहट आन्दोलनमा भएको घटनाको छानविन गर्न बनेको आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई शुक्रबार प्रतिवेदन बुझाएको छ। 

प्रतिवेदनमा आन्दोलनमा अत्याधिक बल प्रयोग गर्ने सुरक्षाकर्मीलाई पनि कारवाही गर्न सिफारिश गरिएको छ।घटनाको छानविन गर्न सरकारले सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरीसचन्द्र लालको अध्यक्षतामा पाँच सदस्यीय आयोग गठन गरेको थियो। 

‘तराई, मधेश, थारुहट आन्दोलनको सत्य तथ्य छानविन सम्बन्धी गठित उच्च स्तरीय छानविन आयोग’ले पुर्णता पाउन पनि निकै समय लागेको थियो।

शुक्रवार प्रधानमन्त्रीलाई बुझाइएको प्रतिवेदनमा आन्दोलनका क्रममा जम्मा ६६ जनाको मृत्यु भएको उल्लेख गरिएको छ। जसमा १० जना प्रहरी र एक जना नावालक रहेको उल्लेख गरिएको छ।

प्रतिवेदनले घटनाको छानविन गरी कारवाही तथा क्षतिपूर्तिको सिफारिश गरेको छ। जसमा आन्दोलनकारीमाथि अत्याधिक बल प्रयोग गर्ने सुरक्षाकर्मी तथा अधिकारीहरुलाईसमेत कारवाहीको सिफारिश गरिएको छ। प्रतिवेदन अत्ति गोप्य भनी राखिएको छ।

यता आयोगका अध्यक्ष लालले पहिलोपोस्टसँग कुरा गर्दै १९ जिल्लाका घटनाको अध्ययन गरी प्रतिवेदन तयार पारिएको बताएका छन्। लालले कानुन अनुसार दोषीलाई कारवाहीका लागि सिफारिश गरिएको बताए । उनले प्रतिवेदनका अन्तरबस्तुका विषयमा बताउन चाहेनन्। 

प्रतिवेदन सरकारले सार्वजनिक नगर्ने भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन्। अधिकारकर्मी एवं अधिवक्ता दीपेन्द्र झाले प्रतिवेदन तत्काल सार्वजनिक गरी कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell