PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

यातायात कार्यालय एकान्तकुनाका नायब सुव्वा ५० हजार घुससहित पक्राउ



पहिलोपोस्ट

यातायात कार्यालय एकान्तकुनाका नायब सुव्वा ५० हजार घुससहित पक्राउ

काठमाडौं :  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग ५० हजार घुस लिँदै गरेका बेला यातायात व्यवस्था कार्यालय एकान्तकुनाका नायब सुव्वालाई पक्राउ गरेको छ।

आयोगको टोलीले भूकम्प पीडितको ट्याक्सी दर्ता शाखाका नायब सुव्वा ईश्वरबन्धु गौतमलाई सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिंदै गर्दा पक्राउ गरेको हो।

गौतमले भूकम्प पीडित विनोद कार्कीको नाममा ट्याक्सी नामसारी दर्ता गर्न ५० हजार घुस मागेका थिए। उनका बारेमा थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell