PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

'कृ'को ट्रेलरमा अनमोल केसीको भिलेन अनुप बिक्रम शाही



पहिलोपोस्ट

'कृ'को ट्रेलरमा अनमोल केसीको भिलेन अनुप बिक्रम शाही

काठमाडौं: प्रतिक्षित भनिएको फिल्म 'कृ'को ट्रेलर रिलिज भएको छ। ट्रेलरमा मुख्य अभिनेता अनमोल केसी एक्सन अवतारमा देख्न सकिन्छ। अनमोलसँगै अभिनेत्री अदिती बुढनथोकी र अनुप बिक्रम शाहीको फिचरिङ् रहेको छ। जसमा अनुप भिलेनको रुपमा प्रस्तुत भएका छन्। ट्रेलरले फिल्मको थिम भन्छ।

पटकपटक रिलिज टार्गेट सारेर फिल्म प्रदर्शनको टुङ्गो नलागे पछि डेढ वर्षदेखि अनमोल कृकै लागि मात्र काम गरिरहेका छन्। अन्तत फिल्म युनिटले माघ २६ गतेबाट रिलिज हुने तय भएसँगै अनमोलको नयाँ फिल्म 'क्याप्टेन' पनि घोषणा भयो।

अघिल्ला ४ वटा फिल्ममा रोमान्टिक नायकको रुपमा देखिएका अनमोल यो कृ मा रोमान्टिकसँगै एङ्ग्री अवतारमा पनि देखिएका छन्।

भुवन केसी र सुवास गिरीले संयुक्त लगानीमा निर्माण गरेको फिल्म कृलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन्। फिल्ममा अनमोल केसी, अदिति बुथोकीका साथै अनुप विक्रम शाही,सरोज खनाल, रुपा राना, कामेश्वर चौरासिया, अमित गिरीलगायतका अभिनय रहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell