PahiloPost

Apr 7, 2026 | २४ चैत्र २०८२

राष्ट्रपति र एमाले अध्यक्ष ओलीबीच भेट, समसामयिक विषयमा छलफल



पहिलोपोस्ट

राष्ट्रपति र एमाले अध्यक्ष ओलीबीच भेट, समसामयिक विषयमा छलफल

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज साँझ उनीहरुबीच भेटवार्ता भएको हो। भेटमा उनीहरुबीच मुलुकको समसामयिक परिस्थितिबारे छलफल भएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए।

राष्ट्रपतिलाई भेट्नुअघि अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग विकसित पछिल्लो राजनीतिक परिस्थिति र आगामी दिशाबारे छलफल गरेका थिए। 

यसअघि बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिसमक्ष भेट गरी निर्वाचनपछिको राजनीतिक परिस्थिति र मुलुकको आर्थिक समृद्धिका लागि दलीय सहकार्यलगायत विषयमा कुराकानी गरेका थिए।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell