PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

नेपाल र बंगलादेश ट्राई सिरिज ह्वीलचेयर टी-२० च्याम्पियनसिपको फाइनलमा, भारत बाहिरियो



पहिलोपोस्ट

नेपाल र बंगलादेश ट्राई सिरिज ह्वीलचेयर टी-२० च्याम्पियनसिपको फाइनलमा, भारत बाहिरियो

काठमाडौं : नवीन राईको अर्धशतक तथा बलरहरुको उत्कृष्ट प्रदर्शनमा भारतलाई पराजित गर्दै नेपाल प्रथम ट्राई सिरिज ह्वीलचेयर टी-२० च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।

पहिलो खेलमा बंगलादेशलाई ९ विकेटले पराजित गरेको नेपालले शुक्रबार भारतलाई ६५ रनले पराजित गरेको हो।

यस्तै शुक्रबारै बंगलादेशले भारतलाई हराउँदै फूइनलमा स्थानमा स्थान बनाएको छ। एकैदिन दुई खेल हारेको भारत भने फाइनल पुग्न असफल भयो।

कीर्तिपुर्स्थित टीयू ग्राउण्डमा भएको दिनको दोस्रो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले नवीन राईको नटआउट ५० रनको मद्दतमा १४ ओभरमा ४ विकेट गुमाएर १५१ रन बनाएको थियो। यस्तै बिपिन पौडेल २५ रनमा नटआउट रहे। राजु गुरुङले २३ तथा डिगम जेम्जोङले १६ रन जोडे।

भारतका लागि ललित पाठक र अमित कुमार सिंहले २-२ विकेट लिए।

जवाफमा १५२ रनको लक्ष्य पछ्याएको भारतले १४ ओभरमा ७ विकेट गुमाएर ८६ रन मात्र बनाउन सक्यो। भारतको लागि शौरऐ मलिकले सर्वाधिक २५ रन बनाए।

नेपालका याम बहादुर श्रेष्ठ र विष्णु अधिकारीले २-२ विकेट लिए।

शुक्रबारकै भएको पहिलो खेलमा भारत बंगलादेशसँग ६ विकेटल पराजित भयो।

टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा १६२ रन बनाएको थियो। जवाफमा बंगलादेशले १६२ रनको लक्ष्य १७.१ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो।

अब नेपाल र भारतबीचको फाइनल खेल शनिबार हुनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell