PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

गल्छी–त्रिशूली सडक आजदेखि दैनिक आठ घण्टा बन्द हुने



पहिलोपोस्ट

गल्छी–त्रिशूली सडक आजदेखि दैनिक आठ घण्टा बन्द हुने

नुवाकोट :  गल्छी–त्रिशूली–मैलुङ सडक योजनाको कामलाई तीव्रता दिन आजदेखि गल्छी–त्रिशूली सडकखण्डको गल्छीदेखि पीपलटारसम्मको खण्डमा दैनिक आठ घण्टा सडक बन्द हुने भएको छ। 

गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाले सडक स्तरोन्नतिको कामलाई तीव्रता दिँदैछ। प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा आज बसेको सरोकारवालाको बैठकले उक्त सडक तीन महिनाका लागि आंशिक बन्द गरी निर्माण अघि बढाउने निर्णय गरेको हो। 

योजनाको निर्माण अपेक्षित रुपमा अघि बढ्न नसकेको र अहिले अप्ठ्यारा भीर काट्ने कामको शुरुवात हुन लागेकाले सडक बन्द गरिएको हो। 

धादिङको गल्छीदेखि रसुवाको स्याफ्रुबेँसीसम्म ८२ किलोमटिर सडकमध्ये ४६ किलोमिटर क्षेत्रमा स्तरोन्नतिको काम भइरहेको छ। नौ अर्ब लगानी रहेको योजनाअन्तर्गत सडकको दायाँबायाँ पर्खाल लगाउने र सडक विस्तारको काम भइरहेको छ। 

उत्तर–दक्षिण(चीन र भारत) जोड्ने छोटो नाकाका रुपमा रहेको यो सडक विस्तारलाई अझै प्रभावकारी रुपमा अघि बढाउन पुस १ गतेदेखि फागुन मसान्तसम्म बिहान ६ देखि ९ बजेसम्म र बिहान ११ देखि अपराह्न ४ बजेसम्म पीपलटारदेखि गल्छीसम्म बाटो पूर्णरुपमा बन्द हुने जनाइएको छ।

यो योजना २०७३ वैशाख २५ मा २७ महिनाभित्र काम सम्पन्न गर्ने गरी काम सुरु भएपनि जग्गा अधिग्रहण, बिजुलीका खम्बा र वन क्षेत्रका कारण निर्माणमा ढिलाइ भइरहेको छ।रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell