PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

अमेरिका नयाँ सरकारसँग सहकार्य गर्न उत्सुकतापूर्वक प्रतीक्षारत



पहिलोपोस्ट

अमेरिका नयाँ सरकारसँग सहकार्य गर्न उत्सुकतापूर्वक प्रतीक्षारत

काठमाडौँ :  संयुक्त राज्य अमेरिकाले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन शान्तिपूर्ण, व्यवस्थित तथा व्यापक समर्थनप्राप्त रूपमा सम्पन्न गरेकामा नेपाली र नेपाल सरकारप्रति सराहना व्यक्त गरेको छ। 

अमेरिकी राजदूतावासद्वारा जारी वक्तव्यमा भनिएको छ,‘स्थानीय, प्रादेशिक र राष्ट्रिय तहमा निर्वाचनको सफल समापन नै नेपालको लोकतान्त्रिक यात्राको महत्त्वपूर्ण कोशेढुंगा हो, जसले पारदर्शिता, समावेशिता, विधिको शासन र सेवा प्रदायनका सिद्धान्तमा आधारित उत्तरदायी शासनलाई समेत सम्भव बनाउनुपर्दछ।’

पाँच चरणमा मुलुकभर निर्वाचन सम्पन्न गराउनका लागि सुरक्षित र सुव्यवस्थित वातावरण बनाउनमा असंख्यौँ सरकारी अधिकारी, निर्वाचन तथा मतदान अधिकारी, स्वयंसेवक, पर्यवेक्षक, राजनीतिक दल तथा अन्य व्यक्तिको अथक प्रयास र योगदान प्रशंसनीय रहेको जनाउँदै विज्ञप्तिमा नयाँ सरकारसँग सहकार्य गर्न उत्सुकतापूर्वक प्रतीक्षारत रहेको उल्लेख छ। 

मुलुकको पूर्ण सम्भावना हासिल गर्ने दिशामा अघि बढ्नका लागि नेपाली जनताको सेवा र भलाइ गर्ने खालको समावेशी, पारदर्शी र जवाफदेही शासनमा केन्द्रित हुने जिम्मेवारी अब सबै तहका नवनिर्वाचित जनप्रतिनिधिको काँधमा आएकामा जोड दिँदै आफ्नो सहभागिता कायम राख्दै र निर्वाचित जनप्रतिनिधिलाई पूर्णरूपमा जवाफदेही बनाउँदै आफ्नो नागरिक कर्तव्यलाई निरन्तरता दिन नेपालीसँग आग्रह गरिएको छ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell