
नवलपरासी : नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले अब नेपाली कांग्रेसले कुशल प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन्।
बर्दघाट सुस्ता पूर्व नवलपरासी निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी कोइरालाले आफ्नो निर्वाचन क्षेत्रमा मतदातालाई धन्यवाद व्यक्त गर्दै यस्तो कांग्रेस प्रतिपक्षमा बस्ने बताएका हुन्।
नेपाली कांग्रेस समृद्ध राष्ट्रको पक्षमा रहेको र कांग्रेसले प्रतिपक्षमा बसेर सकारात्मक भूमिका खेल्ने कोइरालाले उल्लेख गरे।
सिटमा तलमाथि भएपनि विचार र सिद्धान्तमा नेपाली कांग्रेस नम्बर वान पार्टी भएको उनले दावी गरे। देशभर कांग्रेसका शुभेच्छुक बढिरहेको समानुपातिक मतगणनाले पुष्टि गरेको कोइरालाको भनाइ थियो।रासस