PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

समानुपातिकतर्फ एमाले ५२ हजार मतले अगाडि, सुनसरी र सर्लाहीको मतगणना जारी



पहिलोपोस्ट

समानुपातिकतर्फ एमाले ५२ हजार मतले अगाडि, सुनसरी र सर्लाहीको मतगणना जारी

काठमाडौँ :  प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निवाचन प्रणालीतर्फको पछिल्लो मतगणनामा ५२ हजार मत अन्तरले नेकपा एमालेको अग्रता कायमै छ। 

निर्वाचन आयोग, सूचना प्रणाली व्यवस्थापन शाखाबाट आज बिहान प्राप्त जानकारीअनुसार एमालेले ३१ लाख १२ हजार ७४७, नेपाली कांग्रेसले ३० लाख ६० हजार ८५०, नेकपा माओवादी केन्द्रले १२ लाख ७३ हजार ७७१ र संघीय समाजवादी फोरमले नेपालले चार लाख ५९ हजार ७१ मत प्राप्त गरेका छन्। 

त्यस्तै, राष्ट्रिय जनता पार्टी नेपालले चार लाख ४७ हजार ५२९, विवेकशील साझा पार्टीले दुई लाख ११ हजार ४९३ र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख ९३ हजार ८७२ मत प्राप्त गरेको आयोगले जनाएको छ । आयोगका अनुसार हाल सुनसरी र सर्लाहीको मतगणना जारी छ।रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell