मलेखु : धादिङको जोगिमारामा आज बिहान भएको दुर्घटनामा ४१ जना घाइते भएका छन्।
इलाका प्रहरी कार्यालय गजुरीका अनुसार टीकापुरबाट गइरहेको ना ४ ख ४४२० नम्बरको बस र विपरीत दिशातर्फ गइरहेको ना ४ ख १६७४ न को ट्रक आपसमा ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा घाइते भएका ४१ जनामध्ये ६ जनाको अवस्था गम्भीर रहेकोले थप उपचारका लागि काठमाडौं ट्रमा सेन्टरमा पठाइएको छ भने अन्यको राजमार्ग सामुदायिक अस्पताल मलेखु र प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचार भइरहेको छ।
दुर्घटनापछि राजमार्ग केहीबेर अवरुद्ध भएको थियो। अहिले एकातर्फी यातायात सञ्चालनमा आएको प्रहरीले जानकारी दिएको छ।रासस