PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

राजनीतिक सहमतिबिना नियुक्ति नगर्न प्रधानमन्त्रीलाई प्रचण्डको आग्रह



पहिलोपोस्ट

राजनीतिक सहमतिबिना नियुक्ति नगर्न प्रधानमन्त्रीलाई प्रचण्डको आग्रह

काठमाडौं :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजनीतिक सहमति बिना कुनै पनि  नियुक्ति नगर्न आग्रह गरेका छन्।

प्रधानमन्त्री  देउवालाई भेट्न बालुवाटार पुगेका प्रचण्डले गभर्नरलगायतका कुनै पनि नियुक्ति राजनीतिक सहमति बिना नगर्न प्रधानमन्त्रीलाई आग्रह गरेका हुन्।

निर्वाचनले नयाँ जनादेश दिएको भन्दै प्रचण्डले  कामचलाउ सरकारले महत्वपूर्ण निर्णय र नियुक्ति गर्न नहुने बताएका प्रचण्डका प्रेस सहयोगी मनहरि तिमल्सिनाले जानकारी दिएका छन्। भेटमा अध्यक्ष प्रचण्डले अत्यावश्यक निर्णय गर्नु परेमा राजनीतिक सहमतिमा गर्न पनि प्रधानमन्त्रीलाई सचेत गराएका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell