
काठमाडौं : सुगम संगीतका लोकप्रिय गायक प्रमोद खरेलले पहिलोपल्ट देउडा गीत गाएका छन्। गायिका अनिता चलाउने सँग प्रमोदले ‘देउडा खेल्छु चट्टै’ बोलको गीमा स्वर दिएका हुन्।
डिबी खड्काले लेखेको र विनोद बाजुरालीले संगीत दिएको गीतको म्युजिक भिडियो शुक्रवार रिलिज भएको छ।
गीतको म्युजिक भिडियोमा शंकर विसी र अञ्जली अधिकारी फिचरिङ छन्। शंकर विसीले नै निर्देशन गरेको म्युजिक भिडियोको छायांकन राजेश घिमिरेले गरेका हुन् । यसअघि यो समूहले देउडा गीत ‘हुन्यावाली जीवनसाथी’ तयार पारेको थियो।