PahiloPost

Apr 7, 2026 | २४ चैत्र २०८२

प्रकाशमानले भने– सरकारले संविधानअनुसार काम गर्छ, अनावश्यक टिप्पणी नगरौं



पहिलोपोस्ट

प्रकाशमानले भने– सरकारले संविधानअनुसार काम गर्छ, अनावश्यक टिप्पणी नगरौं

काठमाडौ :  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रियसभा गठन सम्वन्धि अध्यादेशलाई लिएर विपक्षी दलले अनावश्यक टिकाटिप्पणी गर्नु आवश्यक नरहेको बताएका छन्। 

थापागाउँ सुधार समितिले शनिवार आयोजना गरेको बधाई एवम् धन्यवाद कार्यक्रममा नेता सिंहले संविधानमा अध्यादेशमार्फत राष्ट्रियसभाको गठन हुने प्रावधान भएकाले सोहि अनुसार सरकारले काम गर्ने स्पष्ट पारे।

उनले भने,‘कांग्रेसलाई एकछिन पनि सत्तामा बस्न रहर छैन, हामी सबै कुरा मिलेपछि सरकार छाड्छौँ।’

सिंहले कांग्रेस संसदमा जिम्मेवार प्रतिपक्षमा बस्ने बताए। ‘हामी प्रदेशदेखि केन्द्र सरकारसम्म प्रतिपक्षमा बस्छौँ,’ उनले भने। 

संविधान कार्यान्वयनका लागि कांग्रेस नेतृत्वको सरकारले निर्वाचन गराएको भन्दै सिंहले अब आर्थिक विकासमा पनि कांग्रेसले महत्वपूर्ण भूमिका खेल्ने बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell