काठमाडौं : गायिका बिन्दु परियारको स्वर रहेको गीत ‘लाउनेले नजर लगाए...’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। म्युजिक भिडियोमा अहिलेकी चर्चित अभिनेत्री प्रियंका कार्कीले आकर्षक नृत्य गरेकी छिन्।भिडियोमा उनलाई भिमफेदी गाइजले साथ दिएका छन्।
फिल्म ‘मंगलम’ को ‘पर्ख पर्ख मायालु...’ गीत लोकप्रिय भएपछि गायिका परियारले यो गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी हुन्।
गायनमा बिन्दुलाई संगीतकार तथा गायक आशिष अविरलले साथ दिएका छन्। आशिष अविरलकै संगीत निर्देशनमा गीतका शब्दहरु एकनारायण भण्डारीले रचना गरेका हुन्। गीत गायीका परियारको एकल एल्बम ‘नजर मात्र’ मा समावेश गरिने छ।
अर्जुन अधिकारीको निर्देशनमा तयार भएको उक्त गीतको यो भिडियोमा भिमफेदी गाईजकै कोरियोग्राफी छ। धीरजजंग शाहद्वारा छायांकन गरिएको यो भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन्।