PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

रोहिङ्ग्या सम्बन्धी प्रतिवेदनप्रति म्यान्माली सेनाको आपत्ति, आफ्नोतर्फबाट ज्यादति नभएको दावी



पहिलोपोस्ट

रोहिङ्ग्या सम्बन्धी प्रतिवेदनप्रति म्यान्माली सेनाको आपत्ति, आफ्नोतर्फबाट ज्यादति नभएको दावी
फोटो श्रोतःailymail.co.uk

याङ्गुन :  म्यानमारको सेनाले रोहिङ्ग्या मुस्लिम समुदायका नागरिकको विषयमा हालै सार्वजनिक गरिएको प्रतिवेदनप्रति आपत्ति जनाएको छ। 

गत अगष्ट महिनामा रोहिङ्ग्या मुसलमान समुदायकाविरुद्ध म्यान्माली सेनाले सञ्चालन गरेको कारबाहीमा परी कम्तीमा पनि ६ हजार ७०० जना सर्वसाधारण नागरिक मारिएको प्रतिवेदन बिहीबार मात्र सार्वजनिक भएको थियो। 

म्यानमारमा यहाँको सेनाले रोहिङ्ग्याविरुद्ध गरिएको एक ठूलो ज्यादतिका रुपमा यसलाई लिइएको थियो। म्यान्माली सेनाले यस क्रममा बालबालिकाको पनि हत्या गरेको प्रतिवेदनमा उल्लेख छ। 

यसअघि संयुक्त राष्ट्रसंघ र संयुक्त राज्य अमेरिकाले भनेजस्तैगरी म्यानमारमा रोहिङ्ग्याकाविरुद्धमा जातीय सफाया भएको भन्ने भनाइको प्रतिवेदनले पुष्टी गरेको छ। तर म्यानमारले भने यसलाई स्वीकार गरेको छैन। 

शुक्रबार म्यानमारको सेनाले प्रतिवेदनको खण्डन गर्दै त्यस्तो कुनै ज्यादति सेनाको तर्फबाट नभएको र यसका कारण नागरिकमा त्रास फैलाइएको भन्ने भनाई सत्य नरहेको बताएको छ। 

बिहीबार विदाउट बोर्डर्स, एमएसएफले रोहिङ्ग्या शरणार्थीका बारेमा एक अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको थियो। 

प्रतिवेदनमा कारबाहीका क्रममा बालबालिकाको हत्या गरेको तथा महिलाहरुमाथि बालात्कार भएको जनाइएको छ। सो समुदायलाई वास्तवमा यहाँबाट लखेट्न र उनीहरुविरुद्ध जातीय सफाया गर्न यस्तो गरिएको पाइएको अनुसन्धानबाट पत्ता लागेको जनाइएको छ। 

राखिन राज्यमा गत अक्टोबर १० देखि एक महिनासम्म गरेको कारबाहीका क्रममा ती मानिस मारिएका थिए। प्रतिवेदनअनुसार यसरी मारिनेमा ७३० जना बालबालिका पनि छन्। 

उनीहरुमाथिको यो ज्यादतिपछि उनीहरु गत अगष्ट २५ मा देश छोडेर भागेका हुन्। उनीहरु हाल बंगलादेशका शरणार्थी शिविरमा रहेका छन्। 
यसरी लखेटिएर ६ लाख २० हजार भन्दा बढी म्यान्माली शरणार्थी बङ्गलादेश पुगेका छन्। रासस/एएफपी
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell