PahiloPost

Apr 29, 2025 | १६ बैशाख २०८२

समानुपातिकतर्फको मतगणना अन्तिम चरणमाः दुई जिल्लाका ४ क्षेत्रको मतगणना जारी



पहिलोपोस्ट

समानुपातिकतर्फको मतगणना अन्तिम चरणमाः दुई जिल्लाका ४ क्षेत्रको मतगणना जारी

काठमाडौं :  प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यतर्फ ७५ जिल्लाको समानुपातिक मतगणना सकिएको छ। अब  सुनसरी क्षेत्र नम्बर ३ तथा सर्लाही २, ३ र ४ को मतगणना भइरहेको छ। 

आयोगले दिएको जनकारी अनुसार अहिलेसम्म समानुपातिकतर्फ ९३ लाख ७२ हजार ५४४ मतगणना भएको छ। मतपरिणम अनुसार नेकपा एमाले ३१ लाख ३३ हजार २०३ मतसहित पहिलो स्थानमा छ। 

नेपाली कांग्रेस ३० लाख ७१ हजार ५१२ मतसहित दोस्रो स्थानमा छ। नेकपा एमालेको भन्दा ६१ हजार ६ सय ९१ मतले कांग्रेस पछि परेको छ। 
नेकपा माओवादी केन्द्र १२ लाख ७४ हजार ८८४ मतसहित तेस्रो स्थानमा छ। 

यस्तै संघीय समाजवादी फोरम नेपाल ४ लाख ६० हजार ८४, राष्ट्रिय जनता पार्टी नेपाल ४ लाख ४८ हजार ६११, विवेकशील साझा पार्टी २ लाख ११ हजार ५३४ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ९३ हजार ९८३ मत पाएको छ। 

राष्ट्रिय प्रजातान्त्रिक पार्टी (प्रजातान्त्रिक) ले ८७ हजार ६०७, नयाँ शक्ति पार्टी, नेपालले ८० हजार ७४४, राष्ट्रिय जनमोर्चा ६२ हजार ४७ र अन्य दलले ३ लाख ४८ हजार ३३५ मत प्राप्त गरेका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell