PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

सन्नी लिओनीलाई नाच्न दिए आत्महत्याको चेतावनी



पहिलोपोस्ट

सन्नी लिओनीलाई नाच्न दिए आत्महत्याको चेतावनी

सन्नी लिओनीले लामो समयको प्रयसापछि सफलतापूर्वक बलिउडमा आफूलाई स्थापित गरेकी छिन्। यद्यपि उनलाई भारतमा नस्वीकार्नेहरु उत्तिकै छन्। वेङ्लोरमा उनको सहभागिताको विषयलाई लिएर तनाव उत्पन्न भएको छ। न्यू इयर इभेन्टमा उनको सहभागिताको विषयलाई लिएर उनीविरुद्ध अभियान नै छेडिएको छ।

सन्नी लियोनीले मान्यता टेक पार्कमा नयाँ वर्षमा प्रस्तुती दिने भएपछि त्यसको विरुद्धमा उत्रिएको छ कर्नाटक रक्षण वैदिक युवा सेना। उनीहरुले सन्नीका तस्बिरहरुमात्र जलाएनन् कि कर्नाटकको संस्कृतिमाथि हस्तक्षेप गरेको आरोपसमेत लगाएका छन्। यतिसम्म कि सन्नी लियोनीले टेक पार्कमा प्रस्तुती गर्न दिएमा आत्महत्या गर्ने चेतावनीसमेत दिएका छन्। 

युवा सेनाका प्रदेश अध्यक्ष हरिषले भने सन्नीले सारी लगाएर पर्फर्मेन्स दिएमा कुनै आपत्ती नहुने बताएका छन्। युवा सेनाको चेतावनीका कारण प्रहरी पनि समस्यामा परेको छ। सरकारको निर्देशनको पर्खाइमा प्रहरी छ। गृह मन्त्रालयका अधिकारीसमेत लिओनीको पक्षमा देखिएका छैनन।  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell