PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

यू-१६ क्रिकेट : मलेसियालाई हराउँदै नेपाल फाइनलमा, उपाधिका लागि सिंगापुरसँग खेल्ने



पहिलोपोस्ट

यू-१६ क्रिकेट : मलेसियालाई हराउँदै नेपाल फाइनलमा, उपाधिका लागि सिंगापुरसँग खेल्ने

काठमाडौं : प्रतिस जिसीको अलराउण्ड प्रदर्शन तथा सूर्य तामाङको उत्कृष्ट बलिङ मद्दतमा मलेसियालाई ७२ रनले पराजित गर्दै नेपाल थाइल्याण्डमा भइरहेको एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। नेपालले अब उपाधिका लागि सिंगापुरसँग प्रतिस्पर्धा गर्नेछ।

नेपालले दिएको १२८ रनको सामान्य लक्ष्य पछ्याएको मलेसिया २१.१ ओभरमा ५५  रनमा अलआउट भयो।

मलेसियालाई कम स्कोरमा अलआउट गर्न नेपालका सूर्य तामाङ र प्रतिस जिसीले शानदार बलिङ गरे।

किफायती बलिङ गरेका सूर्य तामाङले ७ ओभरमा ३ मेडन राख्दै १२ रन मात्र दिएर ४ विकेट लिए।

यस्तै नेपाली इनिङ्समा सर्वाधिक २७ रन बनाएका प्रतिसले पनि ३ विकेट झारे।

मलेसियाका लागि सन्देश सुपारामानियमले सर्वाधिक १६ रन जोडे। बाँकी खेलाडीले दोहो अंक समेत छुन सकेनन्।

त्यसअघि टेर्डथाइ क्रिकेट ग्राउण्डमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३४ ओभरमा ८ विकेट गुमाएर १२७ रन बनाएको हो।

नेपालको लाति प्रतिस जिसीले सर्वाधिक २५ न बनाए। यस्तै सुनिल भण्डारी  रनारायण जोशीले समान १७ तथा विशाल विक्रम केसीले १५ रन जोडे।

मलेसियाका मोहमद अफिकले ३ तथा असलाम खान मलिकले २ विकेट लिए।

नेपालले अब उपाधिका लागि सिंगापुरसँग खेल्नेछ। सिंगापुरले शनिबारै भएको अर्को सेमिफाइनलमा हङकङलाई ८ विकेट ले हराएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell