PahiloPost

May 9, 2026 | २६ बैशाख २०८३

पार्टी एकता गर्न बिलम्ब नगरौँ : माधव कुमार नेपाल



पहिलोपोस्ट

पार्टी एकता गर्न बिलम्ब नगरौँ : माधव कुमार नेपाल

पासाङ ठकुल्ला -

काठमाडौं :
नेकपा एमालेका नेता माधवकुमार नेपालले अब नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता गर्न ढिलाई गर्न नहुने बताएका छन्।

काठमाडौं क्षेत्र नम्बर ५ बाट निर्वाचित भएका एमालेका महासचिव ईश्वर पोखरेलले आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै नेपालले भने 'अब पार्टी एकता गर्न बिलम्ब नगरौँ।'

नेपालले निर्वाचनको परिणाम आएसँगै अब सरकार गठन को काम पनि अगाडि बढाउनुपर्ने बताए। 'अबको ३५ दिनभित्र सरकार गठन गर्ने अभिभारा पूरा गर्न हामी लाग्नुपर्छ।'

यस्तै नेता नेपालले राष्ट्रिय सरकारसँगै ६ प्रदेशमा समेत वाम गठबन्धनले सरकार बनाउने दावी गरे। उनले प्रतिपक्षलाई समेत विश्वासका साथ अगाडि बढाउने बताए।

यस्तै एमालेका अर्का नेता झलनाथ खनालले घोषणापत्रमा उल्लेख गरेका वाचा पूरा गर्न वाम गठबन्धनको कर्तव्य रहेको बताए। उनले निर्वाचनको नतिजा घोषणासँगै नयाँ सरकार निर्माणको थालनी गर्नुपर्नेमा जोड दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell