PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

साउदी अरबका महिलाले अब ट्रक र मोटरसाईकल चलाउन पाउने



पहिलोपोस्ट

साउदी अरबका महिलाले अब ट्रक र मोटरसाईकल चलाउन पाउने
फोटो श्रोतः alarabiya.net

रियाद :  साउदी अरबको ट्राफिक कार्यालयले महिलाहरुलाई पनि ट्रक र मोटरसाईकल चलाउन पाउने व्यवस्था गरेको छ। 

देशले औपचारिक रुपमा यस्तो व्यवस्था आउदो वर्षको मध्यतिर गर्ने भएको स्थानीय एक पत्रिकाले लेखेको छ। 

साउदी अरबका राजा सल्मान बिन अब्डुलाजिज अल साउदले गत सेक्टेम्बरमा महिलाहरुलाई चालक बन्न पाउने व्यवस्था गर्न निर्देशन दिएका थिए। 

यसअघि साउदीमा महिलाहरुलाई कुनै पनि सवारी साधान चलाउन नपाइने व्यवस्था रहेको थियो। 

मुस्लीम देश साउदीमा महिलाहरुले कालो बुर्का लगाउने र अनुहार तथा शरीर छोप्नु पर्ने सांस्कृतिक प्रचलनका कारण सवारी साधन चालक बन्न पनि नदिने गरिएको हो। 

महिलाहरुले पनि पुरुषले सरह सवारी चालक बन्न पाउनु पर्ने माग गर्दै साउदी अरबमा अधिकारवादीहरुले लामो समयदेखि दवाव दिँदै आएका थिए। रासस/सिन्ह्वा

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell