PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

पोखरेलको विजयोत्सवमा ओली किन अनुपस्थित?



पहिलोपोस्ट

पोखरेलको विजयोत्सवमा ओली किन अनुपस्थित?

  • पासाङ ठकुल्ला
काठमाडौं :  आफू निर्वाचित भएपछि नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले मतदातालाई धन्यवाद दिन शनिबार चियापान कार्यक्रम आयोजना गरेका थिए। कार्यक्रममा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउने तय भएको थियोे। 

दिउँसो साढे एक बजे सुरु हुने भनिएको कार्यक्रम ढिला गरी सुरु भयो। माओवादी अध्यक्ष प्रचण्ड आइपुगे। कार्यक्रममा कार्यकर्ता र मतदातामात्र हैन एमाले अध्यक्ष ओली आइपुग्ने खबरले सञ्चारकर्मीकोसमेत बाक्लो उपस्थिति रहेको थियो। 

पोखरेललाई बधाई ज्ञापन गर्दै प्रचण्ड, माओवादी नेता जर्नादन शर्मा,  एमालेका वरिष्ठ नेताद्वय माधव नेपाल,  झलनाथ खनालको बधाई सम्बोधन सक्दा पनि अध्यक्ष ओली भने आइपुगेनन्।

कार्यक्रम सकिनै लाग्दा पनि ओली नआएपछि उनको आगमनबारे सञ्चारकर्मीले आयोजकलाई प्रश्न गरे। आयोजकमध्येकै महासचिव पोखरेलका सहयोगी लोकेन्द्र केसीले ओली उपस्थित नहुने जनाउ दिए। त्यसपछि उक्त कार्यक्रम पुगेका धेरैजसो सञ्चारकर्मी फर्के।

कार्यक्रममा किन आइपुगेनन् त ओली? पहिलोपोस्टको जिज्ञासामा पोखरेलका सहयोगी केसीले भने, ‘अध्यक्षज्यू अस्वस्थ हुनुभएकोले कार्यक्रममा आउन सक्नुभएन।’  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell