PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

बंगलादेशलाई हराउँदै नेपालले जित्यो अन्तर्राष्ट्रिय ह्वीलचेयर क्रिकेटको उपाधि



पहिलोपोस्ट

बंगलादेशलाई हराउँदै नेपालले जित्यो अन्तर्राष्ट्रिय ह्वीलचेयर क्रिकेटको उपाधि

काठमाडौं : प्रथम अन्तर्राष्ट्रिय ह्वीलचेयर टी-२० क्रिकेटको उपाधि आयोजक नेपालले जितेको छ। शनिबार भएको फाइनलमा बंगलादेशलाई ५४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो।

कीर्तिपुरस्थित टीयू मैदानमा १६१ रनको लक्ष्य पछ्याएको बंगलादेशलाई घरेलु टोली नेपालले १०६ रनमा अलआउट गर्‍यो।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले डिगम चेम्जोङ र नवीन राईको अर्धशतक मद्दतमा पहिले ब्याटिङ गर्दै १६० रन बनाएको थियो।

नेपालका लागि चेम्जोङले नटआउट ७९ रन बनाए भने राईले ५९ रन जोडे। बंगलादेशका रिपोन उद्दिनले २ विकेट लिए।

जवाफमा बंगलादेश १८.२ ओभरमा १०६ रनमा अलआउट भयो। बंगलादेशका लागि मोर्सेद आलमले सर्वाधिक २० रन बनाए भने उज्जवल बैरागीले १७ रन जोडे। बंगलादेशलाई बलआउट गर्न नेपालका बिपिन पौड्यालले ३ विकेट लिए।

यस्तै व्यक्तिगत उत्कृष्टतर्फ पनि नेपाली खेलाडीको वर्चस्व रह्यो। नेपालका डिगम चेम्जोङ म्यान अफ दी सिरज घोषित भए भने नवीन राई बेस्ट ब्याट्सम्यान तथा बिपिन पौड्याल बेस्ट बलर चुनिए। यस्तै बेस्ट किपर नेपालकै राजु गुरुङ घोषित भए।

तीन दिनसम्म सञ्चालन भएको ह्वीलचेयर क्रिकेट प्रतियोगितामा नेपाल, बंगलादेश र भारतको सहभागिता रहेको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell