PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

समानुपातिकतर्फ ७५ जिल्लाको मतगणना सकियो, सुनसरी र सर्लाहीका केही क्षेत्रको मतगणना जारी



पहिलोपोस्ट

समानुपातिकतर्फ ७५ जिल्लाको मतगणना सकियो, सुनसरी र सर्लाहीका केही क्षेत्रको मतगणना जारी

काठमाडौँः प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फ ७५ जिल्लाको मतगणना सकिएको निर्वाचन आयोगले जनाएको छ । 

आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत अब दुई जिल्ला सुनसरी र सर्लाहीका केही निर्वाचन क्षेत्रमा गणना जारी छ। सुनसरीको क्षेत्र नं १ तथा सर्लाहीको क्षेत्र नं २, ३ र ४ मा मतगणना कार्य जारी रहेको छ। 

आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाका अनुसार हालसम्म ९३ लाख ७२ हजार ५४४ मतगणना सम्पन्न भएको छ। प्राप्त पछिल्लो मत परिणामअनुसार नेकपा एमाले ३१ लाख ६१ हजार २९५ मत ल्याएर पहिलो स्थानमा छ । नेपाली काँग्रेस ३१ लाख ११ हजार ६४३ मतसहित दोस्रो र नेकपा माओवादी केन्द्र १२ लाख ९५ हजार ९०३ मत ल्याएर तेस्रो स्थानमा छ। 

त्यसैगरी, राष्ट्रिय जनता पार्टीले चार लाख ७० हजार ४८६, संघीय समाजवादी फोरम नेपालले चार लाख ६९ हजार ४६१ र विवेकशील साझा पार्टीले दुई लाख १२ हजार २९३ मत प्राप्त गरेका छन् । 

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख ९६ हजार १९०, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ८८ हजार २८०, नयाँ शक्ति पार्टी नेपाल ८१ हजार ४४६ र राष्ट्रिय जनमोर्चाले ६२ हजार १२३ मत प्राप्त गरेका छन् । 

नेपाल मजदुर किसान पार्टी, नेपाल संघीय समाजवादी पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलगायत दलहरुले ३ लाख ५४ हजार ४०५ मत पाएका आयोगले जनाएको छ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell