PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

इटालियन सिरी ए : शीर्ष स्थानको इन्टर पराजित, अपराजित यात्रा टुङ्गियो



पहिलोपोस्ट

इटालियन सिरी ए : शीर्ष स्थानको इन्टर पराजित, अपराजित यात्रा टुङ्गियो

इटालियन सिरी ए को अंक तालिकामा शीर्ष स्थानमा रहेको इन्टर मिलानले सिजनको पहिलो हार बेहोरेको छ। शनिबार भएको खेलमा इन्टरलाई घरेलु मैदानमै उडिनेसीले ३-१ पराजित गरेको हो।

उडिनेसीको जितमा केभिन लासाग्ना, रोड्रिगो डे पउल र एन्टोनिन बाराकले एक एक गोल गरे। इन्टरका लागि कप्तान माउरो इकार्डीले एक गोल गरे।

हारपछि पनि १७ खेलबाट ४० अंक रहेको इन्टर शीर्ष स्थानमा यथावत छ र एक खेल कम खेलेको नेपोलीमाथि १ अंकको अग्रता कायम राखेको छ।

यता सिजनको सातौँ जितपछि १६ खेलबाट २१ अंक जोडेको उडिनेसी एघारौँ स्थानमा उक्लेको छ।

शनिबारै नेपोलीले टोरिनोसँग खेल्दैछ र जित हात पार्दै शीर्ष स्थानमा उक्लने मौका रहेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell