PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

आर्मीकी प्रतिज्ञा र ज्ञानीलाई स्वर्ण



पहिलोपोस्ट

आर्मीकी प्रतिज्ञा र ज्ञानीलाई स्वर्ण

काठमाडौं : नेपाल आर्मीकी प्रतिज्ञा भण्डारी र ज्ञानी चुनाराले ८औं कोरियन एम्बासडर राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा शनिबार स्वर्ण पदक जितेका छन्। नेपाल तेक्वान्दो संघ र नेपालस्थित दक्षिण कोरियाली दूतावासको संयुक्त आयोजनामा भएको च्याम्पियनसिपको महिला ७३ केजीमा प्रतिज्ञा र ज्ञानीले ६२ केजी तौलसमूहमा स्वर्ण जितेका हुन्।

सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको एकेडेमी हलमा भएको ७३ केजीको फाइनलमा प्रतिज्ञाले आर्मीकै मौसम कार्कीलाई पराजित गरिन्। सोही तौलमा एपिएफकी अप्सरा कार्की र सल्लाघारीकी करुणा श्रेष्ठले कांस्य जिते। ६२ केजीको फाइनलमा राष्ट्रिय टिमकी ज्ञानीले ललितपुरकी सिवानी श्रेष्ठलाई हराइन्। सो तौलमा आर्मीकी मन्दिरा कार्की र धादिङकी अनिता घलले कांस्य जिते।

त्यस्तै महिला ४६ केजी तौलमा राष्ट्रिय टिमकी सदस्यसमेत रहेकी पुलिसकी रेजिना कार्कीले एपिएफकी वर्षा थापालाई हराउँदै स्वर्ण जितिन्। सोही समूहमा एपिएफकी संगीता श्रेष्ठ र आर्मीकी कुसमनी चौधरीले कांस्य पदक जितिन्।

४९ केजीमा आर्मीकी काजल श्रेष्ठले एपिएफकी अस्मीता खड्कालाई हराउँदै स्वर्ण जित्न सफल भइन्। सो तौलमा आर्मीकी कल्पना चौधरी र बीनीका जोशीले तेस्रो स्थान हात पारिन्। ५३ केजीमा पुलिसकी निमा गुरुङले ललितपुरकी दीक्षा कार्कीलाई हराउँदै स्वर्ण जित्दा आर्मीकी मुस्कान र नुवाकोटकी सबीता पुडासैनीले कांस्य जिते।

महिलातर्फ ५७ केजी तौलमा पुलिसकी सीता तामाङले आर्मीकी नम्रता तुलाधरलाई हराउँदै स्वर्ण जितिन्। सो तौलमा आर्मीकी रेश्मा थापा र एपिएफकी गीता बिस्टले कांस्य पदक जिते। ६७ केजी तौलमा एपीएफकी संगीता बस्यालले एपिएफकै अनुमाया तामाङलाई पराजित गर्दै स्वर्ण जित्न सफल भइन्। उक्त तौलमा आर्मीकी पुजन विष्ट र ललितपुरकी दीपीक नगरकोटीले कांस्य पदक हात पारे।

सिनियर पुरुषको ५४ केजी तौलको सेमिफाइनलमा पुलिसका मनोज मल्लले आर्मीका विकास राईलाई तथा एपिएफका चन्द्र रानामगरले मकवानपुरका विवेक माझिलाई हराउँदै स्वर्ण पदकका लागि यात्रा तय गरेका छन्।

जुनियर पुरुषतर्फ ४२ केजीमा सीतापाइलका विधान श्रेष्ठ र कोटेश्वरका श्रीकृष्ण कार्की, ४५ केजीमा युनाइटेडका पुजन खड्का र कोटेश्वरका दिनेशबहादुर साउद तथा ४८ केजीमा ललितपुरका साहील थापामगर र दीलिप स्मृतीका शिव श्रेष्ठले अन्तिम चारको यात्रा तय गरेका छन्। ५९ केजीमा ब्रेनल्यान्डका सुरज सिन्तान र दीलिप स्मृतिका कपिल थापाले फाइनलमा प्रतिस्पधा गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell