PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

प्रिमियर लिग : चेल्सी र आर्सनलको साँघुरो जित



पहिलोपोस्ट

प्रिमियर लिग : चेल्सी र आर्सनलको साँघुरो जित

प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा चेल्सी र आर्सनलले साँघुरो जित हात पारेका छन्। दुवै लण्डन क्लबले घरेलु क्लबमा खेल्दा पनि ३ अंक जोड्न मेहनत गर्नुपर्‍यो।

साविक विजेता चेसीले साउथह्याम्पटनलाई १-० ले पराजित गर्दा आर्सनलले पनि न्यूकासल युनाइटेडमाथि १-० कै जित निकाल्यो।

चेल्सीलाई घरेलु मैदानमा जित दिलाउन मार्को एलोन्सोले पहिलो हाफको इन्जुरी टाइममा गरेको गोल निर्णायक बन्यो।

यसैगरी एमिरेट्स स्टेडियममा आर्सनललाई जिताउन मेसुट ओजिलले निर्णायक गोल गरे।

जितपछि १८ खेलबाट चेल्सीले दोस्रो स्थानको म्यानचेष्टर युनाइटेडसमान ३८ अंक जोडेको छ। तर गोलअन्तरमा एक खेल कम खेलेको युनाइटेड अगाडी छ भने चेल्सी तेस्रो स्थानमा यथावत छ।

यता १८ खेलबाट ३३ अंक जोडेको आर्सनल चौथो स्थानमा उक्लेको छ। ब्राइटनसँग गोलरहित बराबरी खेलेको बर्नली ३२ अंक जोडेर पाँचौ स्थानमा उक्लेको छ।

प्रिमियर लिगकै अन्य खेलमा क्रिस्टल प्यालेसले लेस्टर सिटीलाई ३-० ले तथा हडर्शफिल्ड टाउनले वाटफोर्डलाई ४-१ ले पराजित गरेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell