PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

ला लिगा : एथ्लेटिकोको जितमा टोरेसको निर्णायक गोल, भ्यालेन्सिया आइबरसँग पराजित



पहिलोपोस्ट

ला लिगा : एथ्लेटिकोको जितमा टोरेसको निर्णायक गोल, भ्यालेन्सिया आइबरसँग पराजित

फर्नान्डो टोरेसको एक मात्र निर्णायक गोल मद्दतमा एथ्लेटिको मड्रिडले ला लिगामा गएराती अलाभेजलाई १-० ले पराजित गरेको छ। टोरेसले खेलको ७४ मिनेटमा गरेको गोल एथ्लेटिकोलाई जित दिलाउन प्रयाप्त बन्यो।

जितपछि एथ्लेटिको दोस्रो स्थानमा उक्लेको छ। त्यसअघि दोस्रो स्थानको भ्यलेन्सिया आइबरसँग पराजित भएको थियो र त्यसैको फाइदा एथ्लेटिकोले उठायो।

१६ खेलबाट अपराजित रहदै ३६ अंकका साथ एथ्लेटिको दोस्रो स्थानमा उक्लेको हो। एक खेल कम खेलेको बार्सिलोना ३९ अंकका साथ शीर्ष स्थानमा आसिन छ।

यता भ्यालेन्सिया आइबरसँग २-१ ले पराजित भयो। आइबरलाई घरेलु मैदानमा जित दिलाउन तकासी इनुई र जाओन जोर्डनले एक एक गोल गरे। भ्यालेन्सियाका लागि सान्टी मिनाले एक गोल गरे।

हारपछि १६ खेलबाट ३४ अंक जोडेको भ्यालेनसिया तेस्रो स्थानमा झरेको छ। ला लिगाकै अन्य खेलमा सेभिया र लेभान्टले गोरहित बराबरी खेले।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell