PahiloPost

Apr 7, 2026 | २४ चैत्र २०८२

रियल मड्रिडले जित्यो लगातार दोस्रो पटक फिफा क्लब वर्ल्ड कपको उपाधि



पहिलोपोस्ट

रियल मड्रिडले जित्यो लगातार दोस्रो पटक फिफा क्लब वर्ल्ड कपको उपाधि

क्रिस्टियानो रोनाल्डोको एक मात्र गोल मद्दतमा रियल मड्रिडले ग्रेमिओलाई १-० ले हराउँदै फिफा क्लब वर्ल्ड कपको उपाधि जितेको छ।

युएईमा भएको फाइनल खेलमा रोनाल्डोले ५३औँ मिनेटमा फ्रिकिक मार्फत गोल गरेका थिए।

उक्त गोल नै रियललाई लगातार दोस्रो पटक उपाधि दिलाउन पर्याप्त बन्यो। उपाधिपछि रियल क्लव वर्ल्डकप लगातार जित्ने पहिलो क्लब समेत बनेको छ भने सर्वाधिक उपाधि जित्ने बार्सिलोनाको कीर्तिमान समेत बराबरी गरेको छ। दुवैले ३-३ पटक उपाधि जितेका छन्।

रियलले सन् २०१४ मा पहिलो पटक क्लब वर्ल्ड कपको उपाधि जितेको थियो। बार्सिलोनाले सन् २००९,२०११ र २०१५ मा क्लब वर्ल्ड कपको उपाधि जितेको थियो।

च्याम्पियन रियलका लुका मोडरिचले उत्कृष्ट खेलाडी घोषित हुँदै एडिडास गोल्डेन बल प्राप्त गरे। यसैगरी फांइनलमा गोल गरेका रोनाल्डोले शिल्भर बल तथा पाचुकाका जोनाथनले ब्रोन्ज बल पाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell