PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

सिरी ए : नेपोली शीर्ष स्थानमा फर्कियो



पहिलोपोस्ट

सिरी ए : नेपोली शीर्ष स्थानमा फर्कियो

टोरिनोलाई पराजित गर्दै नेपोली इटालियन सिरी ए को शीर्ष स्थानमा उक्लेको छ। गएराती नेपोलीले टोरिनोलाई ३-१ ले पराजित गर्दै शीर्ष स्थानमा उक्लेको हो।

नेपोलीको जितमा कालिडोउ काउलीबाली, पिओर जेलिन्स्की र मारेक हमसिकले एक एक गोल गरे। टोरिनोका आन्द्रे बेलोट्टीले एक गोल फर्काए।

जितपछि १७ खेलबाट ४२ अंक जोड्दै नेपोली शीर्ष स्थानमा फर्किएको हो। समान खेलबाट ४० अंक रहेको इन्टर दोस्रो स्थानमा छ। इन्टर सिजनको पहिलो हार बेहोर्ने क्रममा शनिबार उडिनेसीसँग पराजित भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell