PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

जुम्ला पाँच महिनादेखि एलडिओविहीन



पहिलोपोस्ट

जुम्ला पाँच महिनादेखि एलडिओविहीन

जुम्ला: जिल्ला समन्वय समितिको कार्यालय जुम्ला पाँच महिनादेखि जिल्ला समन्वय अधिकारीबिहीन रहेको छ।

गएको साउन ३ गते जुम्लाका स्थानीय विकास अधिकारी हरिनारायण बेल्वासे घरमा बुबा सञ्चो नभएको भन्दै जिल्ला बाहिरिएपछि न उनी फर्किए न त अर्को कर्मचारी मन्त्रालयले जुम्लामा खटायो। अहिलेसम्म समन्वय समितिले जिल्ला समन्वय अधिकारी पाउन सकेको छैन।

जिल्ला समन्वय समितिको गठन नहुँदै स्थानीय विकास अधिकारी बेल्वासे बाहिरिए यता अहिलेसम्म कोही पनि आएका छैनन्। स्थानीय विकास अधिकारी नहुँदा समन्वय समितिको दैनिक कामकाजमा बाधा पुगेको जिसस जुम्लाका प्रमुख लालबहादुर सार्कीले बताए।

प्रशासनिक जिम्मेवारी बहन गर्ने प्रमुख नहुँदा समितिलाई अघि बढ्न गाह्रो भएको उनको भनाइ छ। कार्यालय प्रमुख नहुँदा निमित्त र निमित्त नहुँदा सीमितभन्दा पनि अझ सीमितबाट काम चलाउँनु परेको उनको भनाइ छ।

प्रमुख सार्कीले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलियालाई भेटेर जिल्ला प्राविधिक कार्यालय जुम्लाका प्रमुख इञ्जिनियर राजकुमार गोइतलाई आर्थिक अधिकारसहित निमित्त दिन लगाएर काममा केही सहजता ल्याए पनि महत्वपूर्ण काम गर्न÷गराउन गाह्रो भएको बताए।

पटकपटक कर्मचारी पठाइदिन अनुरोध गर्दा मन्त्रालयले हरिनारायण बेल्वासे जुम्ला नआउने र हरिप्रसाद घिमिरेलाई पठाउने बताएको उनको भनाइ छ। पठाउने भनिएका घिमिरे आजसम्म पनि सम्पर्कमा नआएको समन्वय समितिले जनाएको छ।

तत्कालीन जिविस छँदा दैनिक मान्छेको भीड लाग्ने कार्यालय जिसस रुपान्तरण भइसकेपछि आजभोलि निकै सुनसान छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell