PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

जाडोले कठ्याङग्रिएर कपिलवस्तुमा एकको मृत्यु



पहिलोपोस्ट

कपिलवस्तु: कपिलवस्तु शिवराज नगरपालिका चन्द्रौटामा जाडोले कठ्याङग्रिएर एक जनाको मृत्यु भएको छ।

दुई दिनअघिदेखि बढेको अत्याधिक जाडोका कारण चन्द्रौटाको फफुरी कम्पलेक्स अगाडि परिचय नखुलेको दाह्री पालेका अन्दाजी करिब ४५ वर्षीय पुरुषको मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जानकारी दिएको छ। करिव तीन, चार महिनादेखि चन्द्रौटामा मागेर खाने र सडकको पेटीमा रात बिताउँदै आएका मानसिक सन्तुलन बिग्रेका ती पुरुषको जाडोका कारण मृत्यु भएको हो।

शव आज बिहान स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। केही दिनदेखि शितलहरले गर्दा तराईका विभिन्न जिल्लामा जाडो बढ्दै गएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell