
काठमाडौं : थाइल्याण्डमा भइरहेको एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा नेपालले सिंगापुरलाई १८४ रनको लक्ष्य दिएको छ।
टेर्डथाइ क्रिकेट ग्राउण्डमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले उपकप्तान विशाल विक्रम केसीको अर्धशतक मद्दतमा ६ विकेट गुमाएर १८३ रन बनाएको हो।
रित गौतमको अनुपस्थितिमा कप्तानीको जिम्वारी सम्महालेका विशालले ६३ रन जोडे। उनले ७९ बल खेल्दै ४ चौका र १ छक्का समेत प्रहार गरे। नेपाललाई सम्मानजनक स्कोर बनाउन विशालले नारायण जोशीसँग छैटौँ विकेटका लागि ३३ बलमा ४८ रनको साझेदारी गरे।
नारायणले नटआउट ४६ रन को योगदान गरे। विष्फोटक ब्याटिङ गरेका नारायणले २३ बलमा ५ चौका र १ छक्का प्रहार गरे।
ओपनर कुशल मल्ल (०) तथा राजन मगर (३) रनमा आउट भएपछि सुरुमै नेपाललाई जड्का लागेको थियो। तर चौथो विकेटका लागि विशाल र सुवासले २६ रनको पार्टनरसिप गर्दै स्कोर उकास्न मद्दत गरे। विशाल सुनिल भण्डारीसँग मलेर पाँचौ विकेटका लागि ४२ रनको पार्टनरसिप गरे।
सुवास अएरले २२, तृतराज दासले १९ तथा सुनिल भण्डारीले १५ रन जोडे।
सिंगापुरका इशान सानवेले २ विकेट लिए।