PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

त्रिशुली– रसुवागढी सडकखण्ड आजदेखि दैनिक ८ घण्टा बन्द हुने



पहिलोपोस्ट

त्रिशुली– रसुवागढी सडकखण्ड आजदेखि दैनिक ८ घण्टा बन्द हुने
तस्बिर: फाइल

काठमाडौं: गल्छी–त्रिशुली–रसुवागढी सडकखण्ड आजदेखि दैनिक ८ घण्टा बन्द हुने भएको छ। तीन महिनासम्म दैनिक बिहान ६ बजेदेखि ९ बजेसम्म र बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म गल्छी–पिपलटार सडक बन्द हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब निरीक्षक अर्जुन पौडेलले जानकारी दिए।

त्रिशुली–मैलुङ सडकको कामलाई तीव्रता दिन सडक बन्द गर्न लागिएको हो।

त्रिशुली–मैलुङ सडक आयोजनाको कामलाई तीव्रता दिन दैनिक ७ घण्टा सडकमा काम हुनेछ। गल्छी–त्रिशुली रसुवागढी सडकको गल्छीदेखि पिपलटारसम्मको सडक खण्डमा पहाड काट्ने काम हुने भएकाले फागुन मसान्तसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो।

प्रहरीले वैकल्पिक मार्गको प्रयोग गरी यात्रा गर्नु पनि सर्वसाधरणलाई अग्रह गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell