
विश्वकै महँगा खेलाडी नेमारले दुई गोल गरेको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले रेनेसलाई ४-१ ले पराजित गरेको छ। पिएसजीका लागि केएलिन एमबापे र एडिनसन कभानीले एक एक गोल गरे।
रेनेसका लागि फिर्मिउम एनडोम्बेले एक गोल फर्काए। दुवै टोलीले दश खेलाडीमा रहेर खेलको अन्त्य गरेका थिए।
रेनेसका बेन्जिमन आन्द्रले ६३औँ मिनेटमा दोहोरो पहेँलो कार्ड पाएका थिए भने पिएसजीका किमपेम्बेले ८९औँ मिनेटमा दोहझरझ पहेँलो कार्ड पाए।
जितपछि लिग लिडर पिएसजीले दोस्रो स्थानको मोनाकोमाथि ९ अंकको अग्रता कायमै राखेको छ। १८ खेलबाट पिएसजीको ४७ अंक भएको छ।
मोनाकोले दश खेलाडीमा झरेको सेन्ट एटिएनेलाई ४-० ले पराजित गरेको छ। मोनाकोका लागि डिजिब्रिल सिडिबे, थोमस लेमार, फाविन्हो र बाल्डे केइटाले एक एक गोल गरे। मोनाकोको १८ खेलबाट ३८ अंक छ।
स्टेफन रुफिरले ५३औँ मिनेटमा सिधै रातो कार्ड खाएपछि सेन्ट एटिएनले दश खेलाडीमा झरेको थियो।