PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

राष्ट्रियसभा गठन विधेयकका नाममा बखेडा नझिक्न प्रधानमन्त्रीलाई नेम्वाङको आग्रह



पहिलोपोस्ट

राष्ट्रियसभा गठन विधेयकका नाममा बखेडा नझिक्न प्रधानमन्त्रीलाई नेम्वाङको आग्रह

दमक :   नेकपा एमालेका नेता सुवास नेम्वाङले निर्वाचनबाट प्राप्त जनादेशलाई सम्मान गरी सरकार निर्माणमा मार्गप्रशस्त गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन्। 

दमकमा आज बिहान पत्रकारहरुसँग कुरा गर्दै नेम्वाङले वर्तमान सरकारले जनादेशलाई रोक्ने प्रयास गरेको आरोप लगाए। उनले नयाँ सरकारका लागि तत्काल बाटो खोलिदिएर सहमतीय वातावरण निर्माण गर्न प्रधानमन्त्रीलाई आग्रह गरे।

नेम्वाङले भने,‘राष्ट्रियसभा विधेयकका नाममा बखेडा झिकेर जनादेशप्राप्त जनप्रतिनिधिलाई आफ्नो काम गर्नबाट बञ्चित गराउन खोज्नु उचित हुँदैन, जनादेशअनुसार बाटो सहज गरिदिनुपर्छ।’

राष्ट्रियसभा गठन विधेयक ल्याउन सरकारले ढिला गरेका कारण समस्या आएको भन्दै नेम्वाङले विधेयक निर्वाचनअघि नै ल्याउनुपर्नेमा अहिले निर्वाचन परिणाम आइसकेपछि ल्याइएकाले यस्तो समस्या देखिएको बताए। 

संविधानमा सामान्य बहुमत भनी उल्लेख हुँदाहुँदै एकल संक्रमणीय भनी जिद्दी गर्नु संविधान विपरीत भएको उनको टिप्पणी थियो।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell