PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

सबिता कार्की बनिन् 'इन्डियाज नेक्स्ट टप मोडल'को फस्ट रनर्स अप



पहिलोपोस्ट

सबिता कार्की बनिन् 'इन्डियाज नेक्स्ट टप मोडल'को फस्ट रनर्स अप

काठमाडौं: नेपाली मोडल सबिता कार्कीले भारतीय फेशन रियालिटी शो 'इन्डियाज नेक्स्ट टप मोडल'मा फस्ट रनर्स अपको उपाधी जितेकी छिन्। प्रतियोगिताको तेस्रो संस्करणमा शीर्ष विजेता अमदाबादकी रिया सुवोधले हात पारिन् । त्यस्तै उत्कृष्ट तीनमा रहेकी श्वेता राज सेकेन्ड रनर्स अप घोषित भइन्।

काठमाडौं‌की २३ वर्षीय कार्की र्‍याम्प शो र म्यागजिन फोटो सुटका लागि निकै अगाडि छिन्। भिम्याग, एम एण्ड एस, टिएनएम लगायतमा फोटो प्रकाशित भएपछि चर्चामा आएकी सबिताको उचाई ५ फिट ८ इन्च रहेको छ।

क्रार्यक्रमको उत्कृष्ट १३ मा स्थान बनाउन सफल कार्की अन्तर्राष्ट्रिय फेशन प्रतियोगितामा सहभागी जनाउने दोस्रो नेपाली युवती हुन्। यसअघि आस्था पोखरेलले 'एसिया नेक्स्ट टप मोडल २०१२' मा सहभागिता जनाएकी थिइन्।

गत साता निर्णायक रहेकी बलिउड अभिनेत्रीसँग सबिताले दिएको पोज उत्कृष्ट फोटो घोषणा भएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell