PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

जाम्बियामा हैजाबाट २० जनाको मृत्यु, ७६० प्रभावित



पहिलोपोस्ट

जाम्बियामा हैजाबाट २० जनाको मृत्यु, ७६० प्रभावित

लुसाका :  जाम्बिायाको राजधानी लुसाकामा हैजाका कारण कम्तीमा पनि २० जनाको मृत्यु भएको छ। गत अक्टोबरदेखि अहिलेसम्म २० जनाको मृत्युभएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन्। 

हैजाको सङ्क्रमण भएका थप २९ जना विरामी अस्पतालको सम्पर्कमा आएका छन्। स्वास्थ्य मन्त्रालयले योसँगै हैजाबाट प्रभावित भएकाहरुको संख्या ७६० पुगेको जनाएको छ। 

यहाँ हैजाको प्रकोप फैलिने खतरा रहेकोले यसको निराकरणका कार्यहरु गर्न सरकारको ध्यानाकर्षण गराइएको छ। 

ती मध्ये ५७ जनाले मात्रै अहिले अस्पतालमा उपचार गराइरहेका छन्। त्यस बाहेक अन्य सबैजना उपचारपछि घर फर्किएका स्वास्थ्य मन्त्रालयका सञ्चार तथा बाह्य सम्वन्ध प्रमुख स्टान्सलौस एनगोसालेले जानकारी दिए । 

विश्व स्वास्थ्य संगठनले आगामी दिनमा पनि झाडापखालाको प्रकोप अझ बढ्न सक्ने चेतावनी दिएको छ। संगठनले वर्षा याममा यस्ता विरामी बढ्नेतर्फ ध्यानाकर्षण पनि गराएको छ। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell