PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

जग्गाको नापी गरी लालपूर्जा दिन आतुर छौंः नरबहादुर धामी



पहिलोपोस्ट

जग्गाको नापी गरी लालपूर्जा दिन आतुर छौंः नरबहादुर धामी

कञ्चनपुर :  कञ्चनपुर निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नरबहादुर धामीले वर्षौंदेखि चलनभोग गर्दै आएको जग्गाको नापी गरी स्थानीय जनतालाई लालपूर्जा दिन आतुर रहेको बताएका छन्। 

शुक्लाफाँटा नगरपालिका–२ रानीपुरमा विजयपछि मतदातालाई धन्यवाद दिन आयोजित कार्यक्रममा धामीले सरकार गठनपछि जग्गा समस्या समाधानका लागि केन्द्रीयस्तरको आयोग गठन गरिने र बसेकै ठाउँमा जग्गा नापी गरी लालपूर्जा उपलब्ध गराइने आश्वासन दिए। 

दुई वर्षभित्रै राष्ट्रव्यापी नापी लागू गरी भूमिको अभिलेख अद्यावधिक गरेर भूमिसँग सम्बन्धित समस्या समाधान गरिने उनले बताए।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell