PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

बैतडीमा स्थानीय तहमा शिक्षाका कर्मचारी नजाँदा कार्यक्रम प्रभावित



पहिलोपोस्ट

बैतडीमा स्थानीय तहमा शिक्षाका कर्मचारी नजाँदा कार्यक्रम प्रभावित

बैतडी :  बैतडीमा स्थानीय तहमा शिक्षाका कर्मचारी नहुँदा शिक्षा कार्यक्रम प्रभावित भएका छन्। जिल्लाका पाँचवटा स्थानीय तहमा शिक्षाका कर्मचारी खटाइए पनि ती ठाउँमा अझै कर्मचारी गएका छैनन्। 

जिल्लाका दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, दोगडाकेदार गाउँपालिका, डिलाशैनी गाउँपालिका र मेलौली नगरपालिकामा शिक्षाका कर्मचारी खटाइए पनि कर्मचारीको पदीय मार्यादाक्रम नमिल्दा उनीहरू नगएका हुन्। 

स्थानीय तहमा नासु तहकालाई कार्यकारी जिम्मा दिँदा शिक्षाका अधिकृतस्तरका कर्मचारी उनीहरुको मातहतमा बस्नुपर्ने भएकाले उनीहरू जान नमानेको जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक शंकरदत्त भट्टले जानकारी दिए। 

दलित छात्रवृत्ति, अपांग छात्रवृत्ति र भौतिक निर्माणका कामबाहेक सबै स्थानीय तहले गर्ने र त्यसमा शिक्षाका कर्मचारीको प्रतिनिधित्व हुनु आबश्यक थियो तर स्थानीय तहमा शिक्षाका कर्मचारी खटाउने विषयमा केन्द्रमै सहमति हुन बाँकी छ। बैतडीमा चार नगरपालिका र छ गाउँपालिका गरी १० स्थानीय तह छन् ।रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell