PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

त्रिविबाट यसवर्ष ८ हजार विद्यार्थी दीक्षित हुँदै



पहिलोपोस्ट

त्रिविबाट यसवर्ष ८ हजार विद्यार्थी दीक्षित हुँदै
फाइल फोटो

काठमाडौँ :  त्रिभुवन विश्वविद्यालयको यही पुस १६ गते हुने ४३औँ दीक्षान्त समारोहमा करिब आठ हजार विद्यार्थी दीक्षित हुने भएका छन्।

समारोहमा एमफिलतर्फ सर्वोत्कृष्ट अंक ल्याउने जनप्रशासन क्याम्पस बल्खुका डम्बर सुवेदी र स्नातकोत्तरतर्फ सर्वोकृष्ट अंक ल्याउने गणित केन्द्रीय विभाग, केन्द्रीय क्याम्पस कीर्तिपुरका प्रसन्नकुमार तामाङलाई चान्सलर पदक तथा स्नातकतर्फ सर्वोकृष्ट अंक ल्याउने पुल्चोक क्याम्पस पुल्चोक ललितपुरका मणिकुमार शर्मालाई भाइस चान्सलर पदक प्रदान गरिने छ। 

स्नातकोत्तर तहमा उत्कृष्ट अंक ल्याउने तामाङसहित १५ र स्नातक तहमा उत्कृष्ट ल्याउने आठ जनालाई विभिन्न पदक प्रदान गरिने भएको छ।

समारोहमा आठ हजार २६७ विद्यार्थी दीक्षित हुने त्रिविका परीक्षा प्रशासन महाशाखा प्रमुख बैकुण्ठ थपलियाले जानकारी दिए। 

उनका अनुसार ६२ जना विद्यावारिधि प्राप्त छन्। समारोहमा त्रिविबाट २०७३ जेठ १७ देखि २०७४ असार १६ गतेसम्म स्नातक तह र स्नातकोत्तर तह उत्तीर्ण गरेका विद्यार्थीलाई दीक्षित गरिन्छ। दीक्षित हुने विद्यार्थीलाई पुस ९ देखि गाउन र स्कार्फ वितरण गरिने छ।

दीक्षान्त समारोह ललितपुरस्थित पुल्चोक क्याम्पसको खेल मैदानमा हुने सहनियन्त्रक पशुपति अधिकारीले जानकारी दिए। रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell