PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

प्रधानमन्त्री को बन्ने? प्रचण्डले भने–हामी दुबैलाई लोभ छैन



नेत्र तामाङ

प्रधानमन्त्री को बन्ने? प्रचण्डले भने–हामी दुबैलाई लोभ छैन

काठमाडौं :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले र माओवादीबीच निकट भविष्यमै पार्टी एकता हुने भन्दै अध्यक्ष को बन्ने भन्ने विषय ठूलो नरहेको स्पष्ट पारेका छन्।

राजधानीको अन्नपूर्ण होटलमा आइतबार वाम गठबन्धनको संयुक्त पत्रकार सम्मेलनमा अब पार्टी अध्यक्ष को हुने भन्ने प्रश्नको जवाफ दिदैं ओलीले भने, ‘पार्टी एकता चाँडै हुन्छ। अध्यक्ष को बन्ने भन्ने विषयमा चाहिँ अध्यक्ष चाहिएको भए म एमालेको अध्यक्ष छँदै छु। प्रचण्डजी माओवादीको अध्यक्ष नै हुनुहुन्छ।’

वाम गठबन्धनको सरकार बन्ने निश्चित भइसकेको अवस्थामा भावी प्रधानमन्त्री को त? यस प्रश्नको जवाफ भने ओलीले दिएनन्।

उनको पालो सकिनेवित्तिकै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस प्रश्नको उत्तर छुटेको उल्लेख गर्दै भने, ‘हामी दुबै प्रधानमन्त्री भइसकेका छौं, हामीलाई कुनै लोभ छैन।’
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell