PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

हाम्रो जितलाई भारतले बधाई दिइसक्यो : ओली



पहिलोपोस्ट

हाम्रो जितलाई भारतले बधाई दिइसक्यो : ओली

काठमाडौं : नेपालमा विदेशी लगानी रोक्न वाम गठबन्धन र भारतबीच दुरी देखाउने प्रयास भइरहेको आरोप एमाले अध्यक्ष केपी ओलीले लगाएका छन्।

भारतीय मिडिया तथा केही व्यक्तिहरुले वाम गठबन्धन र भारतबीच दुरी देखाएर विदेशी लगानी रोक्न र सेयर मार्केट खेल्न प्रयास गरिरहेको ओलीले आरोप लगाए।

आइतबार काठमाडौंको होटल अन्नपूर्णमा आयोजित वाम गठबन्धनको पत्रकार सम्मेलनमा ओलीले भने, ‘वाम गठबन्धनको बहुमत आउँदा भारतले स्वीकार गरिसकेको छ। बधाई पनि दिइसकेको छ। सहयोग गर्ने पनि घोषणा गरिसकेको छ। तर केहीलाई पचेको छैन।’

पत्रकार सम्मेलनमा ओलीले वाम गठबन्धनको विजयबाट भारत खुशी रहेको भन्ने प्रमाणित गर्न खोजिरहेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell