
- टेक शाही
कोहलपुरमा रहेको सशस्त्र प्रहरीको क्षेत्रीय गणबाट डिएसपीको नेतृत्वमा खटिएका ५० जना शसस्त्र प्रहरीलाई कार्यक्षेत्रमा फकाइएको हो।
निर्वाचन सुरक्षाका लागि सशस्त्र प्रहरीको टोली दुनैमा डेढ महिना क्याम्प राखेर बसेको थियो। डोल्पामा कुनै गुल्म र व्यारेक नभएको सशस्त्र प्रहरी हरेक वर्ष बैशाखको पहिलो सातादेखि हिमाली पाटनमा पाइने यार्सागुम्बा संकलनमा जानेहरुका लागि सुरक्षा दिन आउने गर्छ। यार्सा संकलनको समय सकिएलगत्तै फर्कने गरेको छ।