काठमाडौं: सर्वनाम थिएटरले मोबाइल फिल्म प्रतियोगीता आयोजना गर्ने भएको छ। 'दृश्यांश' नाम दिइएको प्रतियोगिताको यो दोस्रो संस्करण हुनेछ।
सामान्य प्रविधिको प्रयोगले पनि कथालाई उत्कृष्ट ढङ्गले प्रस्तुत गर्न सकिन्छ भन्ने उदाहरण मोबाइल फिल्म प्रतियोगिताले दिन सक्ने आयोजकले बताए। प्रतियोगिले मोबाइलबाट छायांकन गरेको फिल्मबाट आफूलाई उत्कृष्ट साबित गर्न पर्ने हुन्छ। फिल्म ३ मिनेटसम्म लामो हुन पर्नेछ। प्रतियोगीतामा पहिलो पुरस्कार नगद रु ७५,००० दोस्रो पुरस्कार स्यामसुङ ट्याव ३ भी र तेस्रो पुरस्कार टचकन ट्याव दिने मल्लले जानकारी दिइन्। साथै उत्कृष्ट फिल्मलाई सिनेमाघर एपमा राखिनेछ। तीमध्य धेरैपटक हेरिएको फिल्मलाई अडियन्स च्वाइस अवार्ड स्वरुप आइप्याड ९.७ इन्च प्रदान गरिनेछ।
प्रतियोगिता संयोजक सम्पदा मल्लले प्रतियोगिताको उदेश्य बारे बोल्दै भनिन्,'युवा पुस्ताका जससँग प्रतिभा, कथा भएर पनि प्रविधी पहुँच राम्रो छैन। जसको कारण प्रतिभा भएका जनशक्ति मुलधारमा आउन सकेका छैनन्। उनीहरुको लागि यो प्रतियोगिता काम लाग्न सक्छ।'
प्रतियोगितामा निश्चल बस्नेत, अभिनाश विक्रम शाह, र दिपक रौनीयार र सुशिल पौडेल निर्णायक रहेका छन्। 'फिल्म कुन मोबाइलले खिचिएको छ भन्दा पनि फिल्ममा देखाइन खोजेको कुराले महत्व राख्नेछ र त्यसैको आधारमा निर्णय गरिने छ।'
प्रतियोगीतामा भाग लिन चाहने प्रतियोगीले माघ १७ गते सम्म सर्वनाम थिएटर