PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

२५ मिनेट मात्र खेलेर वर्ल्ड कप जितेका काकाले लिए सन्यास



पहिलोपोस्ट

२५ मिनेट मात्र खेलेर वर्ल्ड कप जितेका काकाले लिए सन्यास

ब्राजिलियन वर्ल्ड कप विनर काकाले फुटबल खेलबाट सन्यासको घोषणा गरेका छन्। सन् २००७ को फिफा बालोन डेओर अवार्ड विजेता काकाले सोमबार सामाजिक सञ्जाल ट्वीटर मार्फत सन्यासको घोषणा गरेका हुन्।

उनले ‘आइ बिलङ टु जेसस’ नाम लेखेको जर्सी लगाएको फोटो पोष्ट गर्दै अब अर्को जर्नीको लागि तयार रहेको उल्लेख गरेका छन्।

जेससलाई फादर सम्बोधन गर्दै काकाले आफूले अपेक्षा गरेको भन्दा धेरै उपलब्धी हासिल गरे भन्दै धन्यवाद भनेका छन्।
 

सन् २००२ मा ब्राजिलबाट वर्ल्ड कप फुटबलको उपाधि जितेका काकाले सन् २००६/०७ को सिजन इटालियन क्लब एसी मिलान बाट युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेका थिए। सन् २००२ मा ब्राजिलले वर्ल्ड कप जित्दा काकाले समूह चरणमा कोस्टारिका विरुद्व २५ मनेट मात्र खेलेका थिए।

उनले इटालियन सिरी ए र स्पानिस ला लिगा पनि १-१ पटक जितेका छन्।

३५ वर्षिय काकाले गत सिजन अमेरिकन मेजर सकर लिग एमएलएसमा ओर्लान्डो सिटीबाट खेलेका थिए। उनको अन्तिम खेलमा ओर्लान्डो कोलोम्बु क्रु सँग १-० ले पराजित भएको थियो।

काकाले ब्राजिलका लागि ९२ क्याप जितेका छन्र उनले सन् २००५ को कन्फेडेरसन कप जितेका थिए। काकाले पछिल्लो पटक ब्राजिलका लागि २०१६ मा पानामा विरुद्व खेलेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell