PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

प्रिमियर लिग : बर्नमाउथलाई ४ गोल ठोक्दै लिभरपुल चौथो स्थानमा उक्लियो



पहिलोपोस्ट

प्रिमियर लिग : बर्नमाउथलाई ४ गोल ठोक्दै लिभरपुल चौथो स्थानमा उक्लियो

एएफसी बर्नमाउथलाई पराजित गर्दै लिभरपुल प्रिमियर लिगको चौथो स्थानमा उक्लेको छ।

गएराती भएको खेलमा लिभरपुलले बर्नमाउथलाई ४-० ले हराएको हो। लिभरपुलका लागि फिलिप काउटिन्हो, डेजान लोभरेन, मोहमद सलाह र रोवर्टो फिर्मिन्होले एक एक गोल गरे।

जितपछि १८ खेलबाट ३४ अंक जोड्दै लिभरपुल चौथो स्थानमा उक्लिएको छ भने आर्सनलमाथि १ अंकको अग्रता कायम गरेको छ। तर शीर्ष स्थानको म्यानचेष्टर सिटी भन्दा लिभरपुल १७ अंकले पछि छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell