PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

शेर्पा कलाकार संघ गठन



पहिलोपोस्ट

शेर्पा कलाकार संघ गठन

काठमाडौं: शेर्पा समुदायका कलाकारहरुले 'शेर्पा कलाकार संघ' गठन गरेका छन्। शेर्पा भाषा एवं नेपाली भाषाको फिल्मदेखि गीत, संगीत, नृत्य लगायत क्षेत्रमा संलग्न शेर्पा समुदायका कलाकारहरुले आइतबार कार्यक्रम आयोजना गरी कार्य समिति गठन गरेको हो।

संघमा डिजे ङवाङ शेर्पा अध्यक्ष, एपी शेर्पा वरिष्ठ उपाध्यक्ष, आङ कामि शेर्पा उपाध्यक्ष, गायक दोर्जी लामा महासचिव, दावा के शेर्पा सचिव, जाङमु शेर्पा कोषाध्यक्ष, ओङमु शेर्पा सह कोषाध्यक्ष तथा कर्मा शेर्पा प्रवक्ता रहेका छन्।

गायक मिङ्मा शेर्पाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा मिङ्मा शेर्पाले भने,'संघले कलाकारमार्फत आफ्नो समुदाय साथै देशको कला संस्कृति प्रवर्धन र उत्थानमा भूमिका खेल्न सक्छ।'

'विश्वभर छरिएर रहेका शेर्पा समुदायका कलाकारहरुलाई एकजुट गराई उनीहरुको समस्या र चुनौतीको सम्बोधन गर्ने उदेश्य लिएका छौं', महासचिव गायक दोर्जी लामाले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell